सर्लाहीको बरहथवा नगरपालिका-११ हीरापुरका स्थानीयले दुई महिनापछि बिजुली बत्तीको उज्यालो देख्न पाएका छन्।
स्थानीय विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले विद्युत् प्राधिकरणलाई १३ लाख भन्दा धेरै विद्युत् महशुल नबुझाउँदा गएको मंसिर २७ गतेदेखि हिरापुरमा विद्युत् लाइन काटिएको थियो।
विद्युत् लाइन काटिँदा हीरापुर र खोरकट्टी गाउँका हजारौँ परिवार दुई महिनादेखि अन्धकारमा बसेका थिए।
सहकारीको नाममा बक्यौता रहेको १३ लाख २६ हजार ३४ रुपियाँ विद्युत् महशुल बरहथवा नगरपालिकाले तिरिदिएपछि दुई दिनअघि प्राधिकरणले हिरापुर क्षेत्रमा विद्युत् लाइन जोडिदिएको हो।
हिरापुरमा अब सोझै प्राधिकरणमार्फत् मिटर राख्ने र बिल काट्ने व्यवस्था मिलाइएको बरहथवा नगरपालिका ११ का वडाध्यक्ष नवराज राईले जानकारी दिए।
48
Shares
प्रतिक्रिया