ad ad

मधेस


गाउँपालिकाका अध्यक्षले कुटे कर्मचारी

गाउँपालिकाका अध्यक्षले कुटे कर्मचारी

नेपालखबर
माघ २५, २०७९ बुधबार १५:१४, जनकपुरधाम

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले त्यहाँका कर्मचारीमाथि हतपात गरेका छन्।  

गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविन कुमार साहमाथि हातपात गरेको आरोप लगाइएको छ। 

विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारीहरुको आरोप छ। 

कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको आरोप लगाएका छन्।

लेखा परीक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर बहेरा बेला बस्ने भरत महतोले आफूहरुमाथि कुटपिट गरेको बताए।

गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अगाडि पछाडि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिइएको कर्मचारी साहले दाबी गरे। उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको दुःखेसो गरे।

अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्। उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासो समेत गरे। 

घटना भएको केही बेरपछि अध्यक्ष यादव र निमित्त प्रशासकीय अधिकृत दास कार्यालय बाहिर गएका थिए। उनीहरुसँग सम्पर्क गर्न खोज्दा माेबाइल स्वीच अफ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .