ad ad

मधेस


सामाजिक विकास मन्त्रालयकै कारण यसअघिको सरकारले बदनामी खेप्यो : मुख्यमन्त्री यादव

सामाजिक विकास मन्त्रालयकै कारण यसअघिको सरकारले बदनामी खेप्यो : मुख्यमन्त्री यादव

नेपालखबर
माघ २९, २०७९ आइतबार १९:३, जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको विकासका लागि स्वस्थ्य सेवा सुधारतर्फ विशेष ध्यान दिनु आवश्यक रहेको बताएका छन्।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको समिक्षात्मक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले स्वास्थ सेवामा सुधार ल्याउनु नै मधेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताए। 

यसअघिको सरकार सामाजिक विकास मन्त्रालयकै कारण बदनामी खेपेको स्वीकार गर्दै मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारले त्यो बदनामीलाई मेट्ने दाबी गरे। 

‘यसअघि सामाजिक विकास मन्त्रालयकै कारण मधेश सरकारको बदनामी भयो’ मुख्यमन्त्री यादवले भने,  ‘हामीले पनि सुन्यौँ, जनताको पनि यही गुनासो थियो। अब त्यस्तो हुन दिन्नौँ।’

स्वास्थ्य सेवामा सुधार ल्याउनु आफ्नो पहिलो प्राथमिकता रहेको उनले सुनाए।

‘सरकारी अस्पतालमा गुणस्तरीय सेवा यहाँका जनताले पाइरहेका छैनन्। बेला बखत गुनासो सुन्दै आइरहेको छु, सरकारी अस्पतालहरुका साथै स्वास्थ्य सेवामा सुधार ल्याउनु नै हाम्रो पहिलो प्राथमिकता रहने छ’ मुख्यमन्त्रीले भने।

यसका लागि प्रदेश सरकार मातहत रहेका अस्पतालहरुको भवन एकै मोडेलको बनाइने अपुग सामग्री पूर्तिका लागि बजेटमै व्यवस्थापन गरिने उनको भनाइ थियो। 

५ वर्षभित्रै स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि प्रादेशिक अस्पतालहरुको संख्या ६ बाट २० पुर्याउने आफ्नो सरकारको योजना रहेको जानकारी दिए। 

यसअघिका सरकारले स्थानीय तहहरुमा पठाएका स्वस्थ्यकर्मीहरुको तलब अब प्रदेश सरकारले नतिर्ने बरु स्थानीय तहले नै तिर्नुपर्ने मुख्यमन्त्री  यादवले बताए। यसले प्रदेश सरकारको आर्थिक बोझलाई केही हदसम्म कम गर्ने उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .