ad ad

मधेस


क्रसर व्यवसायीबाट मारिएका दिलीप महतो हत्या प्रकरणमा तीन जना दोषी ठहर

क्रसर व्यवसायीबाट मारिएका दिलीप महतो हत्या प्रकरणमा तीन जना दोषी ठहर

जयन्त ठाकुर
फागुन ३, २०७९ बुधबार १९:१३, जनकपुरधाम

क्रसर व्यवसायीहरुले गर्दै आएको अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएको दिलीप महतोलाई मनसाय पूर्वक हत्या गरिएको जिल्ला अदालत धनुषाले ठहर गरेको छ। 

महतोलाई विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा ठहर गरेको हो। 

दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई सफाई दिइएको श्रेस्तेदार विकास वस्नेतले जानकारी दिए। 

यद्यपि, जिल्ला अदालत धनुषाले सजाय अहिले तय गरेको छैन। दोषी ठहर गरिएकाहरुलाई कति सजाय दिइने विषयमा न्यायधीश गुरुङले आगामी फागुन १२ गते निर्धारण गर्नेछन्। 

मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो।

यता, जिल्ला अदालतको फैसलामा दिलीप महतोको परिवारले असन्तुष्टि जनाएका छन्। सातै जनाको मिलेमतोमा दिलीपको हत्या गरिएको भए पनि अदालतले चारजनालाई सफाइ दिएकोमा दिलीपको परिवारले असन्तुष्टि जनाएको हो।

दिलीपकी बहिनी लक्ष्मीले भनिन्, ‘हामीले न्याय पाएको अनुभूति भएको छैन। सातैजना मिलेर मेरो दाइको हत्या गरेका थिए। अहिले चारजनालाई सफाइ दिन मिल्दैन। हामी चुप बस्दैनौं। उच्च अदालत जान्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .