मधेस


सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका भतिजको मृत्यु

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका भतिजको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख ७, २०८० बिहिबार १४:३०, सर्लाही

सर्लाहीको लालबन्दीमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका भतिजको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई सोही दिशातिर गइरहेको प्र २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लालबन्दीस्थित कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका ११ भरतपुरका २९ वर्षीय श्रवण कुमार महतो र उनका भतिजा १२ वर्षीय विक्रम कुमार महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए। 

उनीहरुलाई घटनास्थलबाट अचेत अवस्थामा उठाएर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

उनीहरुको शव पोष्टमार्टमको लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ। 

दुर्घटनापछि ट्रक र त्यसका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .