ad ad

मधेस


रौतहटको इशनाथमा १७ घण्टादेखि कर्फ्यु, सहमतिका लागि सर्वपक्षीय बैठक बस्दै

रौतहटको इशनाथमा १७ घण्टादेखि कर्फ्यु, सहमतिका लागि सर्वपक्षीय बैठक बस्दै

झडपस्थल


नेपालखबर
फागुन ६, २०८० आइतबार १०:४, काठमाडौँ

सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि रौतहटको इशनाथ नगरपालिकामा शनिबार अपराह्न ५ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु यथावत् छ। 

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्फ्यु यथावत् रहेको र विवादित पक्षबीच सहमति नभएसम्म कर्फ्यु हटाउने सम्भावना नरहेको बताए। 

दुई पक्षबीच सहमतिका लागि आज आफूले सबै राजनीतिक दल, नागरिक समाजसहितको सर्वपक्षीय बैठक राख्ने तयारी गरिरहेको उनले बताए। 

‘समय तोकिसकिएको छैन, आज जिल्ला प्रशासन कार्यालयमै सर्वपक्षीय बैठक राख्छु’, प्रमुख जिल्ला अधिकारी रेग्मीले आइतबार बिहान नेपालखबरसँग भने, ‘दुई पक्षबीच सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्छु, त्यसपछि मात्रै कर्फ्यु खुलाउने वा नखुलाउने निर्णय हुन्छ।’

यही फागुन ३ गते सरस्वती मूर्ति विसर्जनका क्रममा विवाद हुँदा इशनाथ नगरपालिकामा झडप भएको थियो। सोही विषयमा आइतबार पनि फेरि झडपको स्थिति देखिएपछि स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि त्यहाँ कर्फ्यु लगाएको हो। 

इशनाथ पूर्व जोकहा गाउँ, पश्चिम सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .