ad ad

कला


सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

नेपालखबर
फागुन ६, २०८० आइतबार १०:२८, काठमाडौँ

कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौँमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरेका हुन्।

अढाई दशकदेखि कर्मथलो हङकङमा रहेका सेरेङको यो पहिलो कृति हो। पुस्तक कृतिभित्र ११५ शीर्षकका गीत तथा कविता समावेश छन्। 

परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु बनाइएको छ। मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन्। 

पुस्तक कृतिबारे कुलपति भुपाल राईले कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने बताए। उनले कला, साहित्यले देशमा परिवर्तन ल्याउनसक्ने बताए। कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति लुकेर बसेको उने उनको भनाई थियो। 

कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीत मार्फत पस्कन खोजेको बताइन्। उनले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिदै जाने बताइन्। 

कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको उनको भनाई छ। ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ।’

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताए। 

यस्तै कला सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन्।  गायिका अन्जु पन्तले गाएको गीतको भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ। 

परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ। भिडियोमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .