ad ad

मधेस


जनमत पार्टीका सांसदले घेरे मधेस प्रदेशसभा रोस्ट्रम, बैठक स्थगित

जनमत पार्टीका सांसदले घेरे मधेस प्रदेशसभा रोस्ट्रम, बैठक स्थगित

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १४:४५, काठमाडौँ

जनमत पार्टीका सांसदहरूले रोस्ट्रम घेराउ गरेपछि मधेस प्रदेशसभाको बैठक स्थगित भएको छ। आफ्ना मन्त्री र सांसदमाथि मगत माघ ८ गते सांघातिक हमला भएको भन्दै जनमतका सांसदहरूले छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेको थियो। 

मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिने कार्यक्रम थियो। जसका लागि २ बजेका लागि बैठक बोलाइएको थियो। 

बैठकमा जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले हमलाको संसदीय छानबिन समिति, रकमान्तरको छानबिन गर्न बनेको संसदिय समितिको प्रतिवेदन सार्वजनिक गर्नपर्ने बताए। 

साथै, कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबसी मंगलबार प्रदेश सभा बैठक बोलाएको भन्दै उनीहरूको आपत्ति थियो। 

रोष्ट्रम घेराउपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .