मधेस


मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, जनमत पार्टीबाट २ मन्त्रीको शपथ

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, जनमत पार्टीबाट २ मन्त्रीको शपथ

मधेस सरकारमा सामेल २ मन्त्री शपथ खाँदै।


नेपालखबर
जेठ ९, २०८२ शुक्रबार ६:४०, काठमाडौँ

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।

पुनर्गठित मन्त्रिषरिषद्‌मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ खाएका छन्। 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार बेलुका आयोजित समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएकी हुन्।

कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालय सम्हालेका छन्।

मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो।

नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित यो नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्री छन्। 

पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतीशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव छन्। 

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा कार्यानुभव हासिल गरिसकेका छन् भने यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न थिए। 

जनमत पार्टीका प्रवक्ता डा शरद सिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणालीअन्तर्गत भएको हो।

“हामी सबैको पालो आउँछ भन्ने सोचले अघि बढेका छौँ। नयाँ मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना छ”, उनले भने।

यसअघि पनि उक्त दुवै मन्त्रालय जनमत पार्टीकै नेतृत्वमा थियो।

पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad