पर्साको वीरगन्जमा मंगलबार राति युवाबीच कुटाकुट हुँदा एक जनाको हत्या भएको छ।
प्रहरीका अनुसार वीरगन्जमा लागेको दसैँ मेलामा गएका बाराको परवानीपुर गाँउपालिका-५, बहुअरी घर भई हाल वीरगन्ज महानगरपालिका-१० मा डेरा गरी बसेका करिब २२ वर्षीय शिवम साह कानुको हत्या भएको हो।
माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मंगलबार मध्यराति मेलामा युवाहरूबीच झडप हुँदा उक्त घटना भएको हो।
बाँसका भाटाले हान्दा गम्भीर घाइते भएका कानुलाई उपचारका लागि नारायणी अस्पतालमा लाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
339
Shares

प्रतिक्रिया