मधेस


महोत्तरी अपडेट: दिउँसो २ बजेसम्म पौने २ लाख जनाले हाले भोट

महोत्तरी अपडेट: दिउँसो २ बजेसम्म पौने २ लाख जनाले हाले भोट

महोत्तरीको जलेश्वर नगरपालिका-८ स्थित मतदान केन्द्र।


नेपालखबर
फागुन २१, २०८२ बिहिबार १४:३०, काठमाडौँ

जारी महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म ४०.५४ प्रतिशत मतदान भएको छ। 

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार दिउँसो २ बजेसम्म १ लाख ७४ हजार ८७२ जनाले मत हालेका हुन्। 

जसमा ७९ हजार ४६६ महिला र ८५ हजार ४०४ पुरुष छन्।

तीमध्ये महोत्तरी क्षेत्र नम्बर १ मा ३३ हजार ७३५ जनाले मतदान गरेका छन् भने क्षेत्र नम्बर २ मा ४८ हजार ५३ जनाले मतदान गरेका छन्।

यस्तै क्षेत्र नम्बर ३ मा ५५ हजार ५२८ जना तथा क्षेत्र नम्बर ४ मा ३७ हजार ५५६ जनाले मतदान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad