मधेस


ठगी आरोपमा धनुषाबाट एक व्यक्ति पक्राउ

ठगी आरोपमा धनुषाबाट एक व्यक्ति पक्राउ

नेपालखबर
चैत ३, २०८२ मंगलबार २१:५५, जनकपुरधाम

धनुषामा मिटरब्याज तथा ठगी आरोपमा एक जना पक्राउ परेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका–१० निवासी ४३ वर्षीय दीपेन्द्रकुमार दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरेको हो। 

धनुषा प्रहरीका अनुसार चैत १ गते पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानपछि अदालतमा पेश गर्ने तयारी भइरहेको छ। 

प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले दासविरुद्ध लेनदेनसम्बन्धी पुरानो विवादका आधारमा ठगी मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको बताए।

बटेश्वर गाउँपालिका–५ शान्तिपुर निवासी श्यामसुन्दर महतोले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।

महतोले व्यापार प्रयोजनका लागि २०७८ साल वैशाख २७ र २८ गते दाससँग क्रमशः २ करोड १५ लाख र १ करोड २५ लाख रुपैयाँ गरी कुल ३ करोड ४० लाख ऋण लिएका थिए। 

उजुरीमा उल्लेख भएअनुसार ऋण लिँदा दासले विभिन्न कागजात र ठूलो रकमका चेकहरू लिएका थिए।

हालसम्म सावाँ र ब्याजसहित कुल ४ करोड ७७ लाख ५० हजार रुपैयाँ फिर्ता गरिसकेपनि ऋण समाप्त नभएको भन्दै दासले थप रकम माग्दै धम्की दिने, चेक प्रयोग गरी मुद्दामा फसाउने र बैंकमार्फत कालोसूचीमा राख्ने चेतावनी दिँदै् आएको उजुरीमा भनिएको छ।

उनले ब्याजको नाममा ९६ लाख रुपैयाँ बढी असुली गरिएको दाबी गर्दै न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागेको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad