ad ad

Nepal Khabar TV


एसीसी प्रिमियर कपको तयारीमा नेपाली राष्ट्रिय टोली


नेपालखबर
चैत २६ , काठमाडौँ

आगामी वैशाख पहिलो साता सुरु हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणमा व्यस्त छ। वैशाख  ५गते देखि  सुरु हुने लिगमा नेपाल समुह ए मा रहेको छ।

नेपाल रहेको समुहमा  मलेसिया, ओमान, कतार र साउदी अरेबियासँग खेल्नेछ। समुह बी मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र युएई छन्। 

समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

प्रिमियर कपको विजेता टोलीले २०२३ मै हुने एशिया कपमा स्थान बनाउनेछ। जहाँ विश्व क्रीकेट का महारथी भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ। 

प्रिमियर कपको शिर्ष ३ मा रहने टोलीले २०२३ कै एसीसी मेन्स इर्मजिङ कपमा स्थान बनाउनेछ। 

नेपालले पहिलो खेल १८ अप्रिलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियासँग खेल्नेछ। २१ अप्रिलमा ओमानसँग कीर्तिपुरमा तथा २४ अप्रिलमा साउदी अरेबियासाग मुलपानी मैदानमा खेल्नेछ। समुह चरणको अन्तिम खेलमा २७ अप्रिलमा कतारसँग खेल्ने तालिका छ। 

पछिल्लो समय उच्च लयमा रहेको नेपाली क्रिकेट टोली एशिया कपमा पुग्ने लक्ष्यका साथ प्रशिक्षण गरिरहेको छ। आइसीसी लिग २ त्रिकोणात्मक सिरिजका पछिल्ला १२ खेलमा नेपाल ११ खेलमा अपराजित रहँदै एक दिवसीय मान्यता जोगाउदै  विश्वकप छनोटका लागि समेत स्थान बनाएको थियो। 

मोन्टी देसाइले टोली सम्हालेको छोटो समयमा नै नेपाली टोली उच्च लयमा रहेको छ। लिग २ सकिएपछि दुई साता विश्राम दिएपछि नेपाली टोली अहिले फेरि बन्द प्रशिक्षणमा व्यस्त छ।

चैत २६, २०७९ आइतबार १८:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .