खेल


जनकपुरधाम मेयर कपमा बारा र पर्सा विजयी

जनकपुरधाम मेयर कपमा बारा र पर्सा विजयी

नेपालखबर
चैत २६, २०७९ आइतबार १८:१२, जनकपुरधाम

जनकपुरधाममा जारी मेयरकप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बारा र पर्सा विजयी भएको छ। 

आइतबार भएको पहिलो खेलमा रौतहटलाई बाराले ५३ रनले पराजित गरेको छ भने दोस्रो खेलमा पर्साले सर्लाहीलाई ७ विकेटले पराजित गरेको हो।

जनकपुरधामको वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको पहिलो खेलमा बाराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रनको स्कोर खडा गरेको थियो।

जवाफी ब्याटिङ्ग गरेको रौतहट १३ ओभर ४ बलमा मात्र ८४ रनमै सीमित हुँदै पराजय ब्यहोरेको हो। 

बाराको ब्याटिङ्गमा तीर्थराज दासले ३७ , निखिल सिंहले अविजित २८, पवन सर्राफले २६ र अरनिको यादवले १६ रनको योगदान गरे।

रौतहटको बलिंगमा धर्मेन्द्र साहले २ तथा विनोद सहनी, रंजित मुखिया, सन्नी साह र आशिक साहले १/१ विकेट लिएका थिए।

रौतहटको लागि अरविन्द चौधरीले अविजित १७ रनको पारी खेले भने शैलेन्द्र कुशवाहा १३, नितेश यादव १२ र विपिन सहनीले १२ रन बनाएका थिए। बाँकी कुनै खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्।

रौतहटलाई सस्तैमा समेट्न बाराको तर्फबाट कुमार थापाले ४ ,अरनिको यादवले ३, पवन सर्राफले २ र अनिल कुमार साहले १ विकेट लिएका थिए। रौतहटलाई पराजित गरेसंगै  बारा सेमिफाइनलको यात्रा तय गरेका छ। 

आइतबारको दोस्रो खेलमा पर्साको टिमले सर्लाहीलाई ७ विकेटले पराजित गरेको छ।

सार्लाहीले दिएको ८५ रनको झिनो लक्ष्य पर्सा टिमले ३ विकेटको  क्षतिमा पूरा गरेको थियो। पर्साका लागी इम्रान शेष ३८ रन बनाए भने सुरज पटेल २१ र सफवन अलीले  ५ रनको अविजित पारी खेले। 

सर्लाहीको बलिंगमा सुमन शुक्लाले मात्रै बिकेट लिन सफल भए। उनले तिन विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको सर्लाहीको टिम पर्साको बलरसामु टिकेर ब्याटिङ्ग गर्न सकेनन्।

सर्लाहीका लागि सुमन शुक्ला २३,  विवेक ठाकुर १५, बिशाल पटेल १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहरो अंकको स्कोर बनाउन सकेनन्।

पर्साका लागि सम्साद मन्सुरी ४ र नसुरद्दिन अनसारीले २ विकेट लिएका थिए भने अल्फाज मंसुरी, रंजित यादब र सेराजुल मियाँले एक÷एक विकेट लिएका थिए।

सोमबारको पहिलो खेल विराटनगर विरुद्व सर्लाही र दोस्रो खेल काठमाडौं विरुद्व सप्तरी प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .