नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसँग सोमबारबाट बयान सुरु भएको छ। आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका उनी प्रहरी वृत्तमा सोह्रखुट्टे हिरासतमा राखिएका थिए।
उनले सरकारी वकिल लक्ष्मण घिमिरे, न्यायाधीश केशवप्रसाद अधिकारीसँग आफूलाई हर्निया भएको, हिरासतमा प्रहरीले रातभर सुत्न नदिएको बताए।
प्रहरी हिरासतबाट बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुग्दैगर्दा रायमाझीले उपस्थित सबैलाई हात उठाएर अभिभादन गरे र मन्द मुस्कान दिए। प्रहरीले पक्राउ गर्दापनि उनले देखाएको त्यो हाउभाउको बारेमा सामाजिक सञ्जालमा अनेकन टिप्पणी भइरहेका छन्।
टोपबहादुरको गुनासो : अनिदो छु, रातभर हल्ला गरेर सुत्नै दिएनन्
बयान थाल्नुअघि टोपबहादुरले भने– मेरो त २० मिनेटमै सिद्धिन्छ, विषय केही पनि छैन
टोपबहादुरले भने : हर्नियाले सताएको छ, बिरामी छु, न्यायाधीशको जवाफ : मलाई पनि त्यस्तै छ
जेठ १, २०८०, साेमबार
प्रतिक्रिया