Nepal Khabar TV


यूएसएडको पैसा खाएको आरोपपछि हरिवंशको व्यंग्य–अब राष्ट्र बैंक नै किन्नुपर्ला (भिडिओ)


नेपालखबर
बैशाख ९ , काठमाडौँ

अभिनेता हरिवंश आचार्यले यूएसएडको पैसा खायो भन्दा आफूलाई चित्त दुखेको बताएका छन्।

नेपालखबर शो लेट्स टकमा हामीले आचार्यलाई सोधेका थियौँ– ‘बजारमा चलेको त्यस्तो गसिप या हल्ला जुन सुन्दा चित्त दुखेको थियो?’ 

जवाफमा उनले मान्छेहरुले युएसएडको पैसा लिएर आएर नास्तिकता प्रचार गरेको भन्दा चित्त दुखेको बताए । ‘हामीले यूएसएडको काम गरेको हो, काम गरेपछि पैसा त आउँछ,’ उनले भने, ‘अथाह पैसा पनि होइन । धेरै सिरियलहरु बनायौँ। धर्म र नास्तिकताको कुरा केही छैन । १५ गतेदेखि अहिलेसम्मको सिरियल हेर्दा केही पनि पाइँदैन। बरु सनातन धर्मका मन्दिर र बुद्धका मन्दिरमा गएको कुरा कति छन्। त्यो चिजलाई राखेर अनर्गल प्रचार गर्दा सक्ड पनि भएँ।’

‘‘अहिलेचाँही कसैले सोध्यो भने ‘हामीसँग यूएसएडको पैसा यति धेरै छ कि हामीले राष्ट्र बैंक नै किन्ने विचार गरिरहेका छौँ’ भन्दिन्छु,’ लगत्तै हरिवंशले थपे, ‘राष्ट्र बैंक किनिसकेपछि त्यसको नाम पनि मह बैंक राख्ने र नोटमा पनि हाम्रै फोटो राख्छौँ भन्ने गरेका छु अचेल। ’

बाँकी उनले के–के भने, हेर्नुस् नेपालखबर ‘लेट्स टक’:  

बैशाख ९, २०८२ मंगलबार १७:१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad