‘धान सुक्यो रापले
फकाउँछ काफ्ले
रिलिजको तयारीमा रहेको फिल्म ‘ऊनको स्विटर’को यो गीत यतिखेर सर्वत्र चर्चामा छ। तर, धेरैलाई थाहा छैन, युट्युबमा १० दिनमा २३ लाख भ्युज भइसकेको यो गीत खासगरी फिल्मका लागि तयार गरिएको थिएन।
‘भाइरल’ र ‘कमर्सियल’ संगीतको बजारभन्दा धेरै पर रहेर रैथाने संगीत साधनामा रमाइरहेकी झुमा लिम्बूले आफ्नै एल्बमका लागि यो गीत तयार पारेकी थिइन्। संगीतवृत्तभरि यसको चर्चा थियो, ‘काफ्ले भन्ने एउटा दामी गीत रेकर्ड भएर बसेको छ है’ भनेर। रिलिज नहुँदै गीत एक किसिमले हिट भइसकेको थियो।
तर, निर्देशक नवीन चौहानले जिद्दी गरेपछि गायिका लिम्बले यो गीत ‘ऊनको स्वीटर’ फिल्मलाई दिन तयार भएको खुलाएकी छिन्।
‘म खासमा एल्बम गर्दैछु, दुईतीन वर्षै भयो तयारी गरेको,’ नेपालखबर सो ‘लेट्स टक’सँग कुराकानी गर्दै लिम्बूले भनिन्, ‘अब रेकर्डिङ सक्नै लागेँ। काफ्ले पनि त्यसैगरी रेकर्ड भएर बसेको गीत थियो। नवीन, हामी पहिल्यैदेखि नजिक थियौँ। उसले ‘काफ्ले’बिना फिल्म नै नबन्ला जस्तो कुरा गरेपछि दिएको हुँ। त्यो एउटा गीत नवीनले चलाउँदैमा के हुन्छ र? अथवा, आर्टमान्डुजत्तिको प्लाटफर्ममा पुग्दाखेरी गीत अन्यायमा परेर मर्दैन भन्ने पनि थियो मलाई।’
हेर्नुस् झुमासँगको ‘लेट्स टक:

प्रतिक्रिया