Nepal Khabar TV


बिहे गर्न एक दिन मात्रै हतार नगरेको भए लाइफमा धेरै कुरा फरक हुने थियो: वर्षा शिवाकोटी (भिडिओ)


नेपालखबर
जेठ १ , काठमाडौँ

हामीले अभिनेत्री वर्षा शिवाकोटीलाई सोध्यौँ– ‘तपाईंको जीवनमा सबैभन्दा ठूलो पछुतो के हो र त्यसबाट तपाईंले के सिक्नुभयो?’

केहीबेरको मौनतापछि वर्षाले केही सम्बन्धमा निर्णय गर्न आफूले हतार गरेको संकेत गरिन्। 

‘केही सम्बन्ध भएर पछुतो होइन कि, ती कुरा हुनु नै थियो र भए। तर आफूले आफैलाई दोष दिन्छु म। कसैले जबर्जस्ती गरेको होइन। निर्णय आफ्नै हातमा थियो। 

तर, अलिकति धैर्य राख्न नसक्दा दुर्घटना एक–दुइटा भए,’ उनले भनिन्। 

हामीले प्रतिप्रश्न गर्‍यौँ– ‘बिहे गर्न अलि हतार भयो भन्ने लाग्छ हो?’

जवाफमा उनले स्वीकार्दै भनिन्, ‘एकदिन मात्रै कुरिदिएको भए लाइफमा धेरै कुरा फरक हुन्थ्यो होला।’ 

केही वर्षअघि वर्षाले बिहे गरेको दुई महिनामै सम्बन्धविच्छेद भएको थियो। त्यतिबेला उनलाई धेरैले निरुत्साहित गरे। फिल्मबाट पनि केही समय ब्रेक लिइन् उनले। 

‘सोसल्ली र मोरल्ली डाउन थिएँ म,’ ती दिन सम्झिँदै वर्षाले भनिन्, ‘मेरो यस्तो मान्छेहरूसँग भेट भयो कि मलाई नै तल महसुस गराउनुभयो। डिमोटिभेट गर्नुभयो। मलाई काम गर्नुछ भन्दाखेरी सक्दैनौ तिमी, अब तिम्रो करिअर सकियो भने। मलाई एकदमै डर लागेको थियो। तर, गर्दै जाँदा राम्रै भइरहेको छ।’

हेर्नुस् विस्तृत कुराकानी नेपालखबर शो ‘लेट्स टक’मा :

बैशाख ३१, २०८२ बुधबार १९:५२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad