घर छाडेर डेरामा जाँदा त्यो समय केकी र उनको परिवारका लािग पीडादायी भयो।
‘अलि पीडादायी र संघर्षपूर्ण नै भयो,’ केकीले भनिन्, ‘त्यसपछि मैले धमाधम म्युजिक भिडिओ गरेँ। दिनरात नभनी काम गरेँ। सिनेमा लगालग साइन गरेँ। तर, ऋण तिर्न पुगिरहेको थिएन। बाहिर केकीले छनौट नगरी जथाभावी काम गरेको भनेर आलोचना हुन्थ्यो। तर प्रश्न उठिरहँदा म मिलाएर अर्कै जवाफ दिन्थेँ। मेरो लागि कर्म ठूलो हो भन्थेँ। तर, त्यतिबेला मसँग अप्सन हुन्थ्यो भने म पनि वर्षमा एकदुइटा काम मात्रै गर्थेँ। सायद उत्कृष्ट काम मात्रै गर्थेँ होला।’
केकीलाई अहिले लाग्छ, सायद त्यतिबेला समय ठिक थिएन। त्यो समय केही न केही सिकाउनका लागि नै आएको थियो।
जेठ ७, २०८२ बुधबार १९:७

प्रतिक्रिया