अभिनेत्री बेनिशा हमालले रिलिजको तयारीमा रहेको फिल्म ‘सिटामोल’मा सुहागरातको सिन गर्दा गाह्रो भएको बताएकी छन् । नेपालखबर शो ‘लेट्स टक’मा उनले अपोजिटमा रहेका सौगात मल्लसँग यो सिन गर्दा धेरै टेक खानुपरेको खुलाइन् ।
‘सुहागरातको सिन गर्न गाह्रो भएको थियो,’ उनले भनिन्, ‘सिनलाई पैसासँग रिलेट गरिएको छ । पैसाले पात्रलाई कसरी आकर्षण गर्छ भन्ने टिजर हेर्दा पनि थाहा हुन्छ । जति चिजले उत्सुकता बढाउन सक्छ, त्यति मात्रै टिजरमा राखिएको छ । यो सिन गर्दा पैसासँगै श्रीमान्सँगको सुहागरातको इमोसन्स पनि थियो । त्यसैले धेरै टेक खानुपरेको थियो ।’ यो फिल्ममा बेनिशा र सौगात पति–पत्नीका भूमिकामा देखिँदैछन् । ‘सिटामोल’ साउन २३ मा रिलिज हुँदैछ ।
साउन ४, २०८२ आइतबार १३:३९

प्रतिक्रिया