धेरैलाई थाहा नहुनसक्छ, अभिनेता केदार घिमिरे ‘माग्ने बुढो’ यतिखेर चिनियाँ र स्पेनिस भाषा सिकिरहेका छन्। चिनियाँ त फरर बोल्न नै थालिसके। त्यो पनि कुनै भाषा सेन्टरमा गएर होइन, आफै मोबाइलमा सिकेर। यो डिजिटलमा युगमा धेरै मानिसहरूजस्तै केदार पनि कुनै बेला मोबाइलको लतमा फसेका थिए। त्यही लतबाट बाहिर निस्किन आफूले भाषा सिकेको उनी बताउँछन्।
‘यो लतलाई चाहिँ अब शक्तिमा परिणत गर्नुपर्यो भन्ने मेरो मनमा आयो,’ उनले भने, ‘समय खेर नफालौँ भनेर कठिन मानिने चिनियाँ भाषा सिकेको हुँ। अब स्पेनिस पनि सिक्न सुरु गरेको छु।’
यतिमात्रै होइन आफ्नो सिकाइलाई उनले नेपालको पर्यटन प्रव्द्धनमा प्रयोग गरिरहेका छन्। उनी अचेल नेपालका पर्यटकीय स्थलहरूमा गएर चिनियाँ भाषामा भिडिओ बनाउँछन् र सामाजिक सञ्जालमा राख्छन् ताकि चिनियाँ पर्यटकहरूलाई नेपालबारे जानकारी मिलोस्।
‘आउनुस्, यो हाम्रो देशको यस्तो–यस्तो ठाउँ हो, यो एउटा स्वर्गको टुक्रा हो,’ उनी चिनियाँ भाषामा भन्ने गर्छन्।

प्रतिक्रिया