हङकङका सबैभन्दा धनी पाँच गायिका, कसले कति कमाउँछन्? (सूची)

हङकङका सबैभन्दा धनी पाँच गायिका, कसले कति कमाउँछन्? (सूची)

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार ११:४६, काठमाडौँ

हङकङमा पप गाउने प्रतिष्ठित कलाकारको कमी छैन। सन् १९८० र ९० को दशकमा हङकङमा धेरै कलाकार जन्मिएका थिए। हङकङका कलाकारका समर्थक हङकङमा मात्र नभएर एसियाभर नै छन्। कलाकारहरुले गायनबाटै उल्लेख्य रकम पनि आर्जन गर्ने गरेका छन्।

यहाँ हङकङका सबैभन्दा धनी पाँच पप गायिका उल्लेख गरिएको छ – 

१. फाये वोङ  (अनुमानित सम्पत्ति १५ करोड डलर)
फाये वोङ हङकङकी सबैभन्दा लोकप्रिय पप गायिकामध्येकी एक हुन्। उनलाई एसियाकै चर्चित गायिकाको रुपमा चिनिन्छ।

उनको अनुमानित सम्पत्ति १५ करोड अमेरिकी डलरबराबर छ। सन् २००५ देखि २००९ सम्म मनोरञ्जन क्षेत्रबाट बाहिर रहेकी उनले त्यसयता भने निरन्तर लोकप्रिय बन्दै आएकी छिन्। चीनमा उनका प्रस्तुतीहरु सधैं लोकप्रिय रहँदै आएका छन्। 

२. सामी चेङ (अनुमानित सम्पत्ति ६ करोड डलर)
सामी चेङ पनि सन् १९८० को दशकको अन्तिमतिर गायन क्षेत्रमा सक्रिय भएकी थिइन्। सेलिब्रेटीनेथवर्थका अनुसार उनको सम्पत्ति करिब ६ करोड अमेरिकी डलरबराबरको छ। उनले न्यु ट्यालेन्ट सिंगिङ्ग अवार्डमा प्रतिस्पर्धा गरेयता उनी हङकङकी प्रमुख गायिकामध्येकी एक रहँदै आएकी छिन्। 

सन् १९९० मा पहिलोपटक आफ्नै एल्बम सार्वजनिक गरेकी उनले सोही वर्ष नवआगन्तुलाई दिइने हङकङ टप १० गोल्ड सङ अवार्ड पाएकी थिइन्। गायनका साथै व्यावसायिक हिसाबमा पनि उनले सफलता पाएकी छिन्। उनले एक वर्षमा १०२ वटासम्म कन्सर्ट गर्दै आएकी छिन्। गायनका साथै उनी अभिनयमा पनि सक्रिय छिन्।

उनले अभियनयबाट पनि केही महत्वपूर्ण अवार्ड हात पारेकी छिन्। 

३. जोय युङ –अनुमानित सम्पत्ति ५ करोड १० लाख डलर 
५ करोड १० लाख डलरको सम्पत्ति भएकी जोय युङ हङकङकी सबैभन्दा धनी गायिकामध्येकी एक हुन्। ४१ वर्षीया यी गायिकाले माइ प्राइड र एक टाइम्स फर असजस्ता हिट गीतहरु दिइसकेकी छिन्।

सन् १९९८ मा उनले फिट्टो इन्टरटेन्मेन्टसँग सम्झौता गरेका थिइन् र तीन वर्षमा उनले टेरेसा कार्पिओ र रोमन टामजस्ता दिग्गजहरुसँग तालिम पनि लिएकी थिइन्। 

सन् २०११ मा युङ लण्डनको रोयल अल्बर्ट हलमा प्रस्तुती दिने पहिलो चिनियाँ गायिका बनेकी थिइन्। सन् २०१४ मा फोब्र्सले उनलाई १०० चिनियाँ सेलिब्रेटीको सूचीमा उनलाई पनि सामेल गरेको थियो। उनले केही फिल्म र टेलिभिजन शोमा अभिनय पनि गरेकी छिन्। 

४. करेन मोक – अनुमानित सम्पत्ति ३ करोड ५० लाख डलर 
हङकङकी चर्चित गायिका तथा नायिकासमेत रहेकी करेन मोकले पछिल्लो तीन दशकदेखि यो क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएकी छिन्।

उनले लण्डन युनिभर्सिटीमा अध्ययन गर्दादेखि नै आफ्नो करियर सुरु गरेकी थिइन्। उनले हि डजन लभ मि एण्ड ओभरकास्टजस्ता केही हिट गीतहरु दिएकी छिन्। उनको अनुमानित सम्पत्ति ३ करोड ५० लाख डलर रहेको छ। उनले विभिन्न फिल्ममा पनि अभिनय गरेकी छिन्। 

उनले तिब्बतको ल्हासामा गरेको कन्सर्ट विश्वको सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो। यो कन्सर्टल गिनिज वल्र्ड रेकर्डस्मा आफ्नो नाम राखेको थियो ।

५. केली चेन –अनुमानित सम्पत्ति केल एक करोड डलर
सन् २०१४ को आम्दानीको आधारमा केली चेनको सम्पत्ति १ करोड डलर पुगेको छ । उनका २ करोड एल्बमहरु बिकेका छन्।

सुरुवातमा चेन हङकङको पप गीतहरुबाट खासै हिट हुन सकेकी थिइनन्। तर, पछि उनले मन्दारिन र जापानी गीतहरुबाट चर्चा कमाइन्। उनका फ्यानहरु हङकङ, चीन, ताइवान र जापानसम्म छन्। उनले आफूलाई पूर्वी एसियाका चर्चित गायिकाको रुपमा स्थापित गरेकी छिन्। 

धनाढ्य परिवारबाट आएकी चेनका बाबु ज्वेलरी व्यवसायी हुन् र उनले हङकङमा धेरै स्टोरहरु छन्। विगत २६ वर्षदेखि मनोरञ्जन क्षेत्रमा सक्रिय रहेकी चेनले पनि पछिल्लो समय विभिन्न सम्पत्ति,कोष र कम्पनीको शेयर खरिद गरेकी छिन्। 

सन् १९९८ यता चेन विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छिन्। उनले केली चेन चिल्ड्रेन शैक्षिक कोष स्थापना गरेकी छिन्, जसले समस्यामा परेका बालबालिका र परिवारलाई सहयोग गर्दै आएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .