सबैजसो हङकङवासीले १० हजार डलर पाउने, अन्य के-के सुविधा पाउँदै छन्?

सबैजसो हङकङवासीले १० हजार डलर पाउने, अन्य के-के सुविधा पाउँदै छन्?

नेपालखबर
फागुन ११, २०७८ बुधबार १६:२९, काठमाडौँ

हङकङ सरकारले ६६ लाख वैधानिक हङकङवासीलाई प्रतिव्यक्ति १० हजार हङकङ डलर डिजिटल भौचरको रुपमा उपलब्ध गराउने भएको छ। यसको आधा रकम अप्रिलमा दिइने भएको हो। 

तर केही सम्बन्धित समूह र राजनीतिज्ञहरुले यसको साटो क्यासमै दिँदा आवश्यक परेका हङकङवासीलाई सहज हुने बताएका छन्। 

अहिलेको सरकारको अन्तिम बजेटमा राहतस्वरुप पैसा सहयोग गर्न लागिएको हो। यो गत वर्षकै इ–भौचर स्किमकै पुनरावृत्ति भएको बताइएको छ। 

यसबाहेक १० हजार डलरसम्मको तलबी कर कट्टा पनि नगरिने भएको छ। यसबाट २० लाख मानिस लाभान्वित हुने बताइएको छ।

त्यस्तै ५ हजार डलरसम्म आवासीय सम्पत्तिमा लाग्ने करछुट दिइने भएको छ भने हरेक घरलाई १००० डलरसम्म विद्युत् शुल्कमा सहुलियत दिइने भएको छ। त्यस्तै विश्वविद्यालयका प्रवेश परीक्षार्थीले समेत शुल्क छुट पाउनेछन्। 

त्यस्तै सार्वजनिक यातायातको भाडा सीमालाई पनि मेदेखि अक्टोबरको बीचमा ४ सय डलरबाट घटाएर २ सय डलरमा झारिनेछ। यसबाट ३८ लाख मानिस लाभान्वित हुँदा सरकारले १ अर्ब ८ करोड डलरको भारवहन गर्नुपर्नेछ। 

यसबाहेक अर्को मुख्य कुरा हङकङवासीले कम कर तिरे हुनेछ। खासगरी तलबी कर पनि बुझाउनेको हकमा यो निकै ठूलो सहुलियत हुनेछ। यो प्रतिव्यक्ति प्रतिवर्ष १ लाख डलरको हुनेछ। यो स्किमको लागि सरकारले ३ अर्ब ३० करोड डलर खर्च गर्नेछ।   

अघिल्लो चरणको डिजिटल कुपनले सरकारलाई ३६ अर्ब डलर खर्च गराएको थियो। पछिल्लोले यस्तो खर्च ६६ अर्ब ४० करोड डलर पुग्ने अनुमान छ। यसले अर्थतन्त्रलाई १.२ प्रतिशतले उकास्ने अनुमान छ। 

भौचरका लागि गत वर्षजस्तै मूलभूमि चीनका नयाँ आप्रवासी र १८ वर्ष र यसमाथिका स्थायी हङकङवासी योग्य हुनेछन्। 

गत वर्ष नै साइन अप गरेका हङकङवासीले अप्रिलमा ५ हजार डलरको पहिलो किस्ता स्वतः पाउनेछन्। अक्टोपसलाई आफ्नो इलेक्ट्रोनिक वालेट छानिसकेकाको हकमा ४००० डलर र त्यही महिना दुई किस्तामा १००० डलर पाउनेछन्। गत वर्ष रजिष्टर्ड नगरेकाहरुले भने फेरि एप्लाई गर्नुपर्नेछ। 

बाँकी किस्ता भने समर सिजनमा उपलब्ध गराइने भएको छ। हरेक वैधानिक हङकङवासीले फेरि एप्लाई गर्नुपर्नेछ। ता कि गत वर्षको योजनामा पहिले सहभागी नभएका इलेक्ट्रोनिक पेमेन्ट सिस्टमहरु सामेल हुन सकून्। 

अहिले रहेका भुक्तानी प्लेटफर्महरु अक्टोपस कार्ड, अलिपेएचके, विच्याट पे एचके र ट्यापएन्डगो रहेका छन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .