हङकङमा सबैको कोरोना परीक्षण गर्दा सार्वजनिक यातायात बन्द नहुने

हङकङमा सबैको कोरोना परीक्षण गर्दा सार्वजनिक यातायात बन्द नहुने

नेपालखबर
फागुन २४, २०७८ मंगलबार ११:३६, काठमाडौँ

कोभिड–१९ को पाँचौं लहरको संक्रमण व्यापक मात्रामा फैलिएसँगै हङकङले सबै मानिसको परीक्षण गराउने योजना सार्वजनिक गरेको छ।

यद्यपि उक्त अवधिमा गर्ने भनिएको लकडाउनबारे भने मानिसहरुमा अन्योल छ। यस्तोमा यसैबीच सरकारले लकडाउन त्यति धेरै कडा भने नहुने बताएको छ।

हङकङका यातायातमन्त्रीले सबै मानिसको कोरोना परीक्षण गर्ने क्रममा पनि सहरको यातायातमा भने कुनै किसिमको अवरोध सिर्जना नहुने बताएका छन्।

यद्यपि आवश्यक सामग्री खरिदको लागि बाहिर जाँदा एक परिवारबाट एकजना मात्र बाहिर निस्किन पाउँछन्। 

यद्यपि अहिलेसम्म कोरोना परीक्षण कहिले सुरु हुने भन्ने यकिन हुन सकेको छैन। मार्चको अन्तिमबाट कोरोना परीक्षणको काम सुरु हुन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

हङकङका ट्रान्सपोर्ट एण्ड हाउजिङ सेक्रेटरी फ्रान्क चानले मेडिकल तथा वित्तीय सेवाको लागि सार्वजनिक यातायात निकै महत्वपूर्ण रहेको बताए।

साथै अत्यावश्यक क्षेत्रमा काम गर्ने मानिसहरुको लागि पनि सार्वजनिक यातायात महत्वपूर्ण हुने उनको भनाइ छ। 

‘सार्वजनिक यातायात समग्र कोरोना परीक्षणको क्रममा पक्कै पनि रोकिँदैन’, उनले भने।

चानले सार्वजनिक यातायात कोरोना संक्रमित भएका मानिसहरुका लागि आइसोलेसन केन्द्रसम्म पुग्न पनि सार्वजनिक यातायातको भूमिका ठूलो हुने बताए।

समस्यामा परेका मानिसहरुलाई आवश्यक औषधि तथा सेवा उपलब्ध गराउन पनि सार्वजनिक यातायातमा निर्भर हुनुपर्ने अवस्था रहेको चानको भनाइ छ। 

यद्यपि सार्वजनिक यातायातको संख्या र क्षमता भने घटाइनेछ। यद्यपि सबै सेवा बन्द गर्नु असम्भव रहेको चानले बताए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .