अप्रिलसम्म रोकिन सक्छ हङकङमा सबैको कोरोना परीक्षण गर्ने योजना

अप्रिलसम्म रोकिन सक्छ हङकङमा सबैको कोरोना परीक्षण गर्ने योजना

नेपालखबर
फागुन २५, २०७८ बुधबार १३:५६, काठमाडौँ

हङकङमा सबै मानिसको कोभिड–१९ परीक्षण अप्रिलसम्म रोकिन सक्ने देखिएको छ।

सरकारले मृत्युदर घटाउने तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिनेतर्फ आफ्नो ध्यान केन्द्रित गरेसँगै अप्रिलसम्म कोरोना परीक्षण रोकिने सम्भावना देखिएको छ।

साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार स्वास्थ्य विशेषज्ञहरुका अनुसार कोरोना संक्रमण उत्कर्षमा रहेको अवस्थामा सबै मानिसको कोरोना परीक्षण गर्नु अर्थहीन भएको सुझाव दिएका छन्।

अहिले पर्याप्त मात्रामा आइसोलेसन केन्द्रको पनि अभाव देखिएको अवस्थामा सबैको कोरोना परीक्षण गराउँदा झन् समस्या उत्पन्न हुने विशेषज्ञहरुको भनाइ छ।

हङकङ सरकारका शीर्ष अधिकारीले पछिल्लो समय अवस्था फेरिएसँगै रणनीति पनि परिवर्तन गर्ने तयारी भइरहेको उल्लेख गरेका छन्।

अहिलेको प्राथमिकता मृत्युदर घटाउने र ज्येष्ठ नागरिकलाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्नु रहेको सरकारको रणनीति निर्माणसँग निकट रहेका एक व्यक्तिले बताए। 

गत फेब्रुअरी २२ मा हङकङ प्रमुख क्यारी लामले सबै मानिसको कोरोना परीक्षण गरिने बताएकी थिइन्। यद्यपि उनले कुनै निश्चित समय भने तोकेकी थिइनन्।

यसअघि मार्चको मध्यबाट हङकङका सबै मानिसको कोरोना परीक्षण सुरु गरिने अनुमान थियो। तर, पछि मार्चको अन्तिमबाट परीक्षणको काम सुरु हुन सक्ने बताइएको थियो। 

मंगलबार हङकङमा कोरोनाका ३० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका थिए भने २९१ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .