चिनियाँ प्रधानमन्त्री लि खछियाङले अहिले हङकङ कोभिड–१९ को महामारीको गम्भीर समस्यामा रहेको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री खछियाङले यस्तो बताएका हुन्।
अहिले कोभिड महामारीको गम्भीर समस्या देखिएको कारण हङकङले नेतृत्व परिवर्तनको निर्वाचन सारेको बताएका छन्।
‘हामीले यो अवस्थालाई राम्रोसँग बुझेका छौं र यसमा आवश्यक सहयोग पनि गर्छौं’, उनले भने।
उनले बेइजिङ हङकङका मानिसहरुको जीवनयापन, स्वास्थ्य र सुरक्षाको कुरालाई लिएर निकै चिन्तित रहेको बताएका छन्।
उनले हङकङ सरकारको अहिलेको जिम्मेवारी कोरोना महामारीलाई नियन्त्रणमा ल्याउनु रहेको र केन्द्र सरकारको जिम्मेवारी आवश्यक सहयोग दिनु रहेको उल्लेख गरेका छन्।
खछियाङले बेइजिङ आफ्नो ‘एक मुलुक, दुई प्रणाली’ नीतिमा प्रतिबद्ध रहेको बताए। यो नीतिअन्तर्गत हङकङलाई उच्च स्वतन्त्रताको अधिकार दिइएको छ।
खछियाङले हङकङका मानिसहरुलाई एकजुट भएर सहरको अर्थतन्त्र, मानिसको जीवनशैलीमा सुधार गर्ने र अन्तर्राष्ट्रिय वित्तीय तथा आपूर्ति केन्द्रको स्टाटसलाई कायम राख्ने कार्यलाई जारी राख्न पनि आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया