बेइजिङका चालकलाई हङकङ प्रवेशमा विशेष छूट

बेइजिङका चालकलाई हङकङ प्रवेशमा विशेष छूट

नेपालखबर
फागुन २८, २०७८ शनिबार १२:१६, काठमाडौँ

कोभिड–१९ को पाँचौं लहरको सामना गरिरहेको हङकङले बेइजिङबाट आउन अत्यावश्यक सामग्रीसहितको गाडीका चालकलाई प्रवेशमा छूट दिने भएको छ।

हङकङ सरकारले कोरोना महामारीलाई ध्यानमा राख्दै बाहिरबाट आउने माथि प्रतिबन्ध लगाए पनि अत्यावश्यक सेवा आपूर्तिमा सहयोग गर्ने चालकलाई भने छूट दिने तयारी गरेको हो। 

हङकङ प्रमुख क्यारी लामले महामारीको समस्यामा परेको सहरमा अत्यावश्यक सामग्रीको आपूर्ति बढाउन र सीमाक्षेत्रमा महामारी विरुद्धको सामग्री वितरणलाई तीव्रता दिन यस्तो निर्णय गरिएको बताएकी छिन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ आउने यातायातका साधनहरु क्लोज्ड लुप प्रणालीमा चल्नेछन्।

जसको कारण उनीहरुको हङकङका नागरिकसँगको सम्पर्क निकै कम हुनेछ। यसअघि बेइजिङका अधिकारीले हङकङमा अत्यावश्यक सामग्रीको आपूर्ति चुस्त बनाउन निर्देशन दिएका थिए। 

हङकङ प्रमुख लामले अहिलेसम्मको सबैभन्दा ठूलो चुनौती अत्यावश्यक सामग्रीको वितरण गर्नु रहेको बताएकी छन्।

सीमा वारपार गर्ने चालक, अन्य कर्मचारी र सुपरमार्केटका कर्मचारी कोरोना संक्रमित भएको वा क्लोज कन्ट्याक्टमा परेकाले बेइजिङका चालकमार्फत हङकङमा अत्यावश्यक सामग्री आयात गर्नुपर्ने अवस्था रहेको लामको भनाइ छ। 

उनले हङकङमा विना कुनै अवरोध अत्यावश्यक सामग्री वितरण हुनुपर्ने बताएकी छिन्।

कोरोनाको पाँचौं लहर फैलिएसँगै हङकङमा अत्यावश्यकीय सामग्रीको आपूर्तिमा पनि समस्या देखिएको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .