दोस्रो कार्यकालका लागि नउठ्ने हङकङ प्रमुख लामको घोषणा

दोस्रो कार्यकालका लागि नउठ्ने हङकङ प्रमुख लामको घोषणा

नेपालखबर
चैत २१, २०७८ सोमबार ९:१२, काठमाडौँ

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले आफू दोस्रो कार्यकालका लागि निर्वाचनमा नउठ्ने बताएकी छिन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सोमबार बिहान भएको डि फ्याक्टो मन्त्रिपरिषद्को बैठकमा उनले आगामी कार्यकालको लागि निर्वाचनमा नउठ्ने बताएकी हुन्। 

सोमबार हुने कोरोना ब्रिफ्रिङमा उनले अर्को कार्यकालको लागि नउठ्ने घोषणा गर्न सक्ने समाचारमा उल्लेख छ। उनले यसअघि नै बेइजिङलाई आफ्नो अनिच्छा व्यक्त गरिसकेकी छिन्। 

सरकारी स्रोतका अनुसार प्रमुख कार्यकारी लामले कार्यकारी परिषद्का सदस्यसँग भेटवार्ता गरेकी थिइन्।

लामो समयदेखि लाम अर्को कार्यकालका लागि निर्वाचनमा उठ्छिन् कि उठ्दिनन् भन्ने चासोको विषय रहँदै आएको थियो।

उनी दोस्रो कार्यकालमा नउठ्ने भएसँगै दोस्रो नम्बरका सरकारी अधिकारी जोन ली का–चिउलाई आगामी निर्वाचनको उम्मेदवारको रुपमा हेरिएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .