हङकङका पाँचौँ कार्यकारी प्रमुख जोन लीले लिए शपथ

हङकङका पाँचौँ कार्यकारी प्रमुख जोन लीले लिए शपथ

नेपालखबर
असार १७, २०७९ शुक्रबार १४:५६, काठमाडौँ

जोन लीले हङकङका पाँचौँ कार्यकारी प्रमुखको शपथ लिएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग  मन्दारिनमा उनले शपथ लिएका हुन्।

शपथपछि उनले तालीको गड्गडाहटका बीच सीसँग फोटो खिचाएका थिए।

सीले लीपछि अन्य उच्च अधिकारीहरुलाई पनि शपथ खुवाए। जसमा तीन शीर्ष सचिव, उनीहरुका सहायक र १५ ब्युरो मन्त्री छन्। 

शपथका क्रममा पुरुष मन्त्रीहरु अगाडि थिए भने महिला पछाडि। लीले उनीहरु सबैलाई एक एक गर्दै चिनाएका थिए। त्यसपछि सबैले पहिले सीतर्फ फर्केर र त्यसपछि पाहुनातर्फ फर्केर टाउको झुकाएका थिए। 

त्यसपछि लीले कार्यकारी परिषदका सदस्यहरुलाई शपथ खुवाएका थिए। एससीएमपी 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .