हङकङमा अस्पतालले सुत्केरीलाई दियो अर्कैको बच्चा, प्रशासनले थाल्यो अनुसन्धान

हङकङमा अस्पतालले सुत्केरीलाई दियो अर्कैको बच्चा, प्रशासनले थाल्यो अनुसन्धान

नेपालखबर
असोज ४, २०७९ मंगलबार १०:१, हङकङ

हङकङस्थित चाइनिज युनिभर्सिटी अफ हङकङले सञ्चालन गरेको एक अस्पतालले एक सुत्केरी महिलालाई अर्कैको शिशु दिएको समाचार बाहिरिएको छ।

यससँगै सोमबार हङकङको स्वास्थ्य विभागले अस्पतालमाथि अनुसन्धान सुरु गरेको छ। सोमबार हङकङको स्वास्थ्य विभागले गत वर्ष सेवा सुरु गरेको शा टिनस्थित सीयूएचके मेडिकल सेन्टरलाई अर्कैको बच्चा दिएको दिएको विषयमा अनुसन्धान गरी चार साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। 

गत शुक्रबार अस्पतालका कर्मचारीले सुत्केरी महिलालाई अर्कै महिलाको बच्चा दिएको समाचार सार्वजनिक भएको थियो। मेडिकल सेन्टरका प्रवक्ताका अनुसार बच्चा दिएको केही मिनेटपछि नै कर्मचारीलाई आफ्नो गल्तीको आभाष भएको थियो र तत्कालै उक्त महिलालाई उनकै बच्चा दिइएको थियो।

अस्पतालले यो मामिलामा संलग्न रहेका दुवै परिवारप्रति माफी पनि मागेको छ। अस्पतालले यो घटनाको अनुसन्धानको लागि एक समिति बनाइसकेको र चार साताभित्र प्रतिवेदन बुझाउने प्रवक्ताले बताएका छन्। स्वास्थ्य अधिकारीहरुले पनि सोमबार बिहान अस्पतालको भ्रमण गरी घटनाबारे सोधपुछ गरेका थिए। 

अस्पताललले घटनापछि दुवै बच्चाहरुको स्वास्थ्य परीक्षण गरेर कुनै असामान्य संकेत नदेखिएको पाइएपछि शनिबार र आइतबार दुवै महिलालाई अस्पतालबाट डिस्चार्ज गरेको छ।

त्यस्तै काममा लापरबाही गरेको भन्दै अर्कैको बच्चा दिने कर्मचारीलाई पनि कामबाट निकालेको छ। अन्य कर्मचारीलाई पनि सही प्रक्रियाबारे सचेत गराइएको अस्पतालले बताएको छ। 

अस्पतालका प्रवक्ताले अस्पतालले सबै स्वास्थ्य मापदण्ड पालना गरेको र घटना भएको चार घण्टाभित्रै यसबारे स्वास्थ्य विभागलाई जानकारी दिइएको बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .