हङकङमा घरबाटै ६५ लाख डलर चोरी

हङकङमा घरबाटै ६५ लाख डलर चोरी

नेपालखबर
असोज १६ , काठमाडौँ

हङकङमा शनिबार बिहानै ६५ लाख हङकङ डलर राखिएको सुटकेस चोरी भएको छ।

हङकङको गाउघ स्ट्रिटमा रहेको एक फ्ल्याटमा रहेको उक्त सुटकेश चोरी भएको हो। प्रहरीका अनुसार ३० वर्षीया महिलाले आफ्नो जीवनभरको बचतको रकम सुटकेशमा हालेर राखेकी थिइन्। उक्त सुटकेश महिलाको फ्ल्याटबाट चोरी भएको हो। 

प्रहरीका अनुसार फ्ल्याटको ढोका वा झ्यालमा कुनै पनि क्षति पुगेको छैन। प्रहरीले यस विषयमा अहिले अनुसन्धान भइरहेको बताएको छ।

त्यस्तै हङकङमा विभिन्न नौवटा चोरीका घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय पुरुष र २८ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले ४ लाख ५० हजार डलर चोरी गरेको प्रहरीको अरोप छ । 
 

असोज १६, २०७९, आइतबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .