हङकङ : चोरीमा संलग्न युवक रंगेहात पक्राउ

हङकङ : चोरीमा संलग्न युवक रंगेहात पक्राउ

चोरीमा संलग्न युवकलाई नियन्त्रणमा लिँदै अधिकारी, साथमा उनीबाट बरामद सामग्री (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ ५, २०८० शुक्रबार १७:४९, हङकङ

हङकङका विभिन्न पसलबाट चोरी गरिरहेको अवस्थामा एक जना युवक पक्राउ परेका छन्।

शुक्रबार दिउँसो क्वाइचुङ स्टेटमा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो।

अभियुक्तको साथबाट प्रहरीले रेड वाइनका दुई वटा बोतल, दुई एयर फ्रेसनर, एउटा फोन केबल लगायत बरामद गरेको छ।

उनीबाट बरामद भएको सामानको मूल्य लगभग १७ सय हङकङ डलर रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

पक्राउ परेका ३९ वर्षीय युवकलाई थप अनुसन्धानका लागि क्वाइचिङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। हाल उनी हिरासतमा छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .