हङकङ : चिनियाँ मेडिसिन हस्पिटलले अर्को वर्ष मेडिकल शुल्क घोषणा गर्ने

हङकङ : चिनियाँ मेडिसिन हस्पिटलले अर्को वर्ष मेडिकल शुल्क घोषणा गर्ने

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
माघ १४, २०८० आइतबार १८:७, हङकङ

हङकङको पहिलो चिनियाँ मेडिसिन हस्पिटलले अर्को वर्षको मध्यसम्ममा चिकित्सा शुल्क घोषणा गर्ने भएको छ।

साथै, सन् २०२५ को अन्त्यसम्ममा चरणबद्ध रूपमा अस्पताललाई सञ्चालनमा ल्याउने जनाएको छ।

चिनियाँ मेडिसिन हस्पिटल परियोजना कार्यालयका परियोजना निर्देशक चेउङ वाइ-लुनले एक रेडियो कार्यक्रममा बोल्दै अस्पतालले बहिरंग सेवा उपलब्ध गराउने तर दुर्घटना, आकस्मिक, जनरल एनेस्थेसिया र डेलिभरी सेवा चाहिँ नहुने बताए।

उनका अनुसार अस्पतालमा मेडिसिन, शल्यक्रिया, बाल रोग, स्त्री रोग, अर्थोपेडिक्स र अकुपन्चर गरी ६ वटा विभाग रहनेछन्।

हाल १८ जिल्लामा सञ्चालित चाइनिज मेडिसिन क्लिनिक (सीएमसी) सँग यसको सञ्जाल विस्तार हुनेछ।

मेडिकल शुल्क कति होला भन्ने बारेको प्रसंगमा चेउङले अस्पतालले सार्वजनिक–निजी साझेदारी मोडल अपनाएको र करिब ६५ प्रतिशत सेवामा सरकारले अनुदान दिँदै आएको बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .