हङकङको जोर्डनमा भीषण आगलागी, कम्तीमा ५ जनाको मृत्यु, ४५ जना घाइते

हङकङको जोर्डनमा भीषण आगलागी, कम्तीमा ५ जनाको मृत्यु, ४५ जना घाइते

नेपालखबर
चैत २९, २०८० बिहिबार १०:२१, हङकङ

हङकङको याउ मा तेइस्थित जोर्डन रोडमा भीषण आगलागीमा हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

हङकङको याउ मा तेइस्थित जोर्डन रोडको चोकमै रहेको ६० वर्ष पुरानो भवनमा बुधबार बिहान आगलागी भएको हो।

अग्नी नियन्त्रकहरूका अनुसार आगलागीबाट बच्नको लागि १६ तले भवनबाट मानिसहरू हाम फालेका थिए, जसमध्ये केहीको मृत्यु र केही गम्भीर घाइते भए। 

भवनको दोस्रो तलाको करिडोरमा तीनजना घाइते फेला परे भने पाँचौं व्यक्ति सातौं र आठौं तलाको बीचको सिँढीमा फेला परेका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङको ६० वर्ष पुरानो यो भवनमा ३५ जना बस्न मिल्ने गरि गेस्ट हाउस सञ्चालन गरिएको थियो। भवनमा अरु फ्ल्याटहरू थिए।

आगोबाट बच्नका लागि भवनबाट हाम फालेका पाँच जनामध्ये एकजनाको मृत्यु भएको सुरक्षाकर्मीले जनाएका छन्। 

हङकङ प्रहरीको काउलुन साउथ डिभिजनल कमाण्डर लाम किन क्वानले पोस्टलाई बताए अनुसार अन्य तीन जना न्यू लकी हाउसको दोस्रो तलाको सार्वजनिक करिडोरमा फेला परेका थिए भने मृत्यु भएका पाँचौं व्यक्ति सातौं र आठौं तल्लाको बीचको सिँढीमा फेला परेका थिए।

घाइतेमध्ये क्वीन एलिजाबेथ अस्पताल र क्वाङ वाह अस्पतालमा तीन पुरुष र दुई महिलालाई मृत घोषित गरिएको छ। मृत्यु हुनेमा हङकङका ६७ वर्षीय लाइ का लुन र ७० वर्षीय त्साङ हिङ वाई रहेका छन्।

अन्य तीन जना गैरचिनियाँमध्ये करिब २० वर्षका एक पुरुष र एक महिला पनि छन्। उनीहरूको पहिचान खुलेको छैन। 

हङकङको जोर्डन रोड नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्र हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

घाइतेमध्ये ४० जनालाई पाँच वटा अस्पताल लगिएको छ। घाइतेमध्ये आठ जनाको अवस्था निकै गम्भीर रहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।

आगलागी बुधबार बिहान ८ बजेभन्दा केही समय अगाडि नै भएको थियो, जुनबेला भवनमा तीन सय बढी मानिस सुतिरहेका थिए। बाक्लो धुवाँले भाग्न कठिन भएको र उद्धारका लागि एक घण्टाभन्दा बढी कुर्नुपरेको केहीले बताएका छन्। 

आगलागी भएको ठाउँमा ३५ दमकल र २४ वटा एम्बुलेन्सलाई खटाइएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .