हङकङको जोर्डन आगलागी : मृत्यु हुने गैरचिनियाँ इन्डोनेसियन दम्पती

हङकङको जोर्डन आगलागी : मृत्यु हुने गैरचिनियाँ इन्डोनेसियन दम्पती

इन्डोनेसियन दम्पती (तस्बिर : सामाजिक सञ्जाल)


नेपालखबर
चैत ३०, २०८० शुक्रबार १४:५९, हङकङ

बुधबार हङकङको याउमा तेइस्थित जोर्डन रोडमा भएको भीषण आगलागीमा मृत्यु हुने पाँच जनामध्ये दुई जना इन्डोनेसियन दम्पती रहेको खुलेको छ।

आगलागीका घाइतेमध्ये क्विन एलिजाबेथ अस्पताल र क्वाङ वाह अस्पतालमा हिजो तीन पुरुष र दुई महिलालाई मृत घोषित गरिएको थियो।

मृत्यु हुनेमा हङकङका लाइ का लुन (६७) र त्साङ हिङ वाई (७०) रहेका थिए भने अन्य दुईको पहिचान खुलेको थिएन। उनीहरू इन्डोनेसियाली दम्पती रहेको खुल्न आएको हो। उनीहरू २४ र २३ वर्षका ब्रेगिता र रिकी हुन्।

रिज कार्लटोन, हङकङमा काम गर्ने उनीहरूमध्ये ब्रेगिता सेफ र रिकी बार टेन्डर रहेको द स्ट्यान्डर्डले जनाएको छ।

अस्पताल भर्ना भएकामध्ये ७ महिनाकी बालिकासहित ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। आगलागीमा परी ४५ जना घाइते भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .