हङकङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक पक्राउ

हङकङमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक पक्राउ

सडक पार गर्ने क्रममा मिनीबसले वृद्धलाई ठक्कर दिएको थियो (केबल टिभी न्युज)


नेपालखबर
फागुन १३, २०८१ मंगलबार ११:४८, हङकङ

हङकङमा मिनीबसको ठक्करबाट ८२ वर्षीय पैदलयात्रुको मृत्यु भएको छ। प्रहरीले जनाएअनुसार सोमबार साँझ ६:४५ बजे फोतानको सुईओ रोड र लाईओ लेनको चोकमा सडक पार गरिरहेका वृद्धलाई मिनीबसले ठक्कर दिएको थियो।

टाउकोमा चोट लागेका पैदलयात्रीलाई सातिनस्थित प्रिन्स अफ वेल्स अस्पताल लगिएको थियो जहाँ उनलाई राति ९:०८ बजे मृत घोषित गरियो।

बसका चालकले लागू औषध सेवन गरी सवारी चलाएको फेला परेको छ। उनी लागू पदार्थ परीक्षणमा ‘फेल’ भएका हुन्।

६९ वर्षीय चालकलाई लागूऔषध सेवन र खतरनाक तरिकाले गाडी चलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आरोपितलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ।

हङकङमा खतरनाक ड्राइभिङमा दोषी ठहरिएकालाई अधिकतम १० वर्ष जेल र हङकङ डलर ५० हजार जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।

त्यस्तै, लागूपदार्थ सेवन गरी गाडी चलाएको प्रमाणित भएमा अधिकतम तीन वर्ष जेल र हङकङ डलर २५ हजार जरिवाना हुन सक्छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .