नेपाल वायुसेवा निगमका ५ कन्ट्री म्यानेजर परिवर्तन भएका छन्।
निगमको विदेशस्थित कार्यालयमा रिक्त रहेका पदमा मंगलबारको बैठकले सरुवा गरेको हो।
निगमका अनुसार हङकङमा कन्ट्री म्यानेजर मिगी केसी सरुवा भएर पुगेका छन् भने दोहामा डोगराज क्याप्छकीले जिम्मेवारी पाएका छन्।
वायुसेवा निगमको प्रवक्ता समेर रहेका रमेश पौडेल क्वालालम्पुर, दिल्लीमा कमल ज्ञवाली र दमामका अंजु शर्मा मरासिनीलाई सिफारिस गरेको छ। उनीहरू निगमका आठौँ तहका कर्मचारी हुन्।
त्यसैगरी एयरपोर्ट म्यानेजरमा तेज बहादुर थापा नारिता र अरविन्द कुमार कामति दमाममा सिफारिस भएका छन्। सातौँ तहका ३ जना लेखा प्रबन्धक समेतको सरुवा भएको छ। नरेश यादव हङकङ,राजन घिमिरे नारिता र सुवास मरासिनी दमाममा सिफारिस भएका छन्।
हङकङ, दोहा र दुबईमा स्टेसन म्यानेजर नयाँ सरुवा भएको छ। सुरेशराज सुवेदी दुवई, गुरु शरण शाह हङकङ र दोहामा कृष्णप्रसाद बजगाईंले जिम्मेवारी पाएका छन्। त्यस्तै कमल प्रताप सेन क्वालालम्पुरको लेखा प्रबन्धक भएका छन्।
निगमको मानव संसाधन विभागले ज्येष्ठता, शैक्षिक योग्यता, कार्यक्षमता मूल्यांकन तथा अन्तर्वार्तामा प्राप्त अंकको आधारमा छनोट समितिले सिफारिस गरेको जनाएको छ।
Shares

प्रतिक्रिया