हङकङबाट इटलीको मिलानका लागि उडेको क्याथे प्यासिफिकको जहाज चीनको लान्झाउ डाइभर्ट भएको छ।
उडान भरेको साढे ४ घण्टापश्चात इन्जिनमा खराबी देखिएपछि विमान लान्झाउ डाइभर्ट भएको स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
उडान सीएक्स२३३ गएराति १२:५० मा हङकङबाट प्रस्थान गरेको थियो। जुन स्थानीय समयअनुसार बिहीबार बिहान ७:४० मा मिलानो माल्पेन्सा विमानस्थलमा अवतरण हुने तालिका थियो।
स्रोतका अनुसार चालक दलले उडान भरेको झन्डै साढे ४ घण्टापछि बायाँ इन्जिनमा खराबी देखिएको रिपोर्ट गरेका थिए।
‘ग्राउन्ड कन्ट्रोलले उडानलाई छेङ्दु डाइभर्ट गर्न सम्भव छ कि छैन भनेर चालक दललाई सोधेको थियो,’ भित्री स्रोतले दिएको सूचना भन्दै दिँदै पोस्टमा उल्लेख छ, ‘तर, चालक दलले ‘नकारात्मक’ जवाफ दियो।’
ती स्रोतका अनुसार बोइङ ७७७ उक्त विमानले ५५ टन इन्धन छोडेपछि बिहान ५:३५ बजे लान्झाउ झोङ्चुआन विमानस्थल अवतरण गर्यो।
Shares

प्रतिक्रिया