हङकङमा पाइप फुटेपछि अवरुद्ध भएको ग्यास आपूर्ति मर्मतपछि सुचारु भएको छ।
सोमबार (३१ मार्च) बिहान स्याटसिज मुई रोडमा पानीको पाइप फुटेको थियो। मर्मतपछि बुधबारसम्म ९० प्रतिशत बासिन्दाका लागि आपूर्ति पुन:स्थापित गरिएको ग्यास कम्पनीले जनाएको छ।
उक्त सडकमा चार सय मिलिमिटर मोटाइको खानेपानीको पाइप र दुई सय मिलिमिटरको घरायसी प्रयोगको पानीको पाइप फुटेको थियो। जसबाट पिउने पानी र फ्लसिङ पानी आपूर्तिलाई पनि असर पुर्याएको छ।
ग्यास आपूर्ति अवरुद्ध भएपछि आफ्नो व्यवसायमा असर पुगेको व्यवसायीहरूले गुनासो गरेका छन्।
एक रेस्टुरेन्ट कर्मचारीले तातो दिन नसकिने जानकारी पाएपछि ग्राहकहरू फर्किएको गुनासो गरे।
घटनापछि प्रभावित क्षेत्रका रेस्टुरेन्ट व्यवासायीले आफूहरूको व्यवसायमा ५० प्रतिशत गिरावट आएको दाबी गरेका छन्।
45
Shares

प्रतिक्रिया