बिहीबार बिहान हङकङको लङचङ रोडमा सातवटा सवारी साधन ठोकिँदा पाँच जना घाइते भएका छन्।
बिहान साढे सात बजे लङचङ रोड पार्क नजिकै क्वुनतङ जाने दिशामा उक्त दुर्घटना भएको थियो जसमा सातवटा निजी कार परेका थिए।
पछाडिबाट एकले अर्कालाई ठक्कर दिएको उक्त दुर्घटनामा एउटा गाडी त अर्कोमा चढ्न पुगेको थियो।
दुर्घटनाका पाँचै जना चालक हुन्। जसमा चार पुरुष र एक महिला रहेको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।
दुर्घटनापछि लङचङ रोडको एक लेन अवरुद्ध बनेको थियो।




117
Shares

प्रतिक्रिया