हङकङको समान अवसर आयोगमा पहिलो पटक नेपाली, अरुणा गुरुङ बनिन् सदस्य

हङकङको समान अवसर आयोगमा पहिलो पटक नेपाली, अरुणा गुरुङ बनिन् सदस्य

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १७:१, हङकङ

हङकङ सरकारले समान अवसर आयोग (ईओसी)मा पाँच नयाँ सदस्य नियुक्त गरेको छ।

प्रमुख कार्यकारी जोन लीले गरेको नियुक्तिमा नेपालीको पहिलो पटक प्रतिनिधित्व भएको छ। जसमा याउचि मङ जिल्ला परिषद् सदस्य अरुण गुरुङ परेकी हुन्। उनीसहित नयाँ नियुक्त हुने अन्य सदस्यमा डा चान चिङ, रेभ्ड क्यानन, कुन हो र वोङ यु रहेका छन्।

यसैगरी, अन्य ९ जना बहालवाला सदस्यलाई पनि पुन: नियुक्त गरिएको छ।

ईओसीकी अध्यक्ष लिन्डा लामले नवनियुक्त तथा पुन:नियुक्त भएका सदस्यलाई स्वागत गर्दै विविध पृष्ठभूमिबाट आएका सदस्यबाट बहुलवादी र समावेशी समाज निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गरिन्।

यसै क्रममा उनले निवर्तमान भएका पाँच सदस्यप्रति कृतज्ञता पनि व्यक्त गरेकी छन्।

नवनियुक्त तथा पुन:नियुक्त भएका सदस्यहरूको कार्यकाल २० मे २०२५ देखि दुई वर्ष रहनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .