हङकङको मिड-लेभल्समा रहेको एक आवासीय परिसरमा स्काफोल्डिङ भत्किँदा दुई कामदार घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार दिउँसो कन्ड्युट रोडमा रहेको एलिगन्ट टेरेसको दोस्रो र तेस्रो तल्ला ढाकिएको स्काफोल्डिङ भत्किएको हो।
बाँसको स्काफोल्डिङ भत्काउने क्रममा अनियन्त्रित भई खसेको थियो। काम गर्दागर्दै सहकर्मी दुर्घटनामा परेपछि अन्य कामदारले प्रहरीलाई खबर गरेका थिए।
घाइतेमध्ये एक कामदारको ढाड र अर्कोको अनुहारमा चोट लागेको छ। दुवैलाई उपचारको लागि पोक फु लामस्थित क्विन मेरी अस्पताल लगिएको छ।
प्रहरीका अनुसार भत्किएको स्काफोल्डिङको उचाइ ९ मिटर र लम्बाइ पनि ९ मिटर रहेको छ।
घटनास्थलमा बाँस र काठका बोर्ड यत्रतत्र छरिएका छन्।
396
Shares

प्रतिक्रिया