ग्लोबल इनोभेसन इन्डेक्समा ३ स्थान माथि उक्लेर हङकङ १५ नम्बरमा पुगेको छ। यस्तै, एसियामा पाँचौँ स्थानमा रहेको छ।
मंगलबार जारी गरिएको झन्डै १४० अर्थतन्त्रहरूको वार्षिक विश्व बौद्धिक सम्पत्ति संगठन अध्ययन (वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन अध्ययन) को पछिल्लो संस्करणमा हङकङले उक्त स्थान प्राप्त गरेको हो।
इन्डेक्सको पहिलो नम्बरमा स्विटजरल्यान्ड, दोस्रोमा स्वीडेन र तेस्रोमा अमेरिका परेका छन्। त्यस्तै, चौथोदेखि १०औँ स्थानमा कोरिया, सिंगापुर, बेलायत, फिनल्यान्ड, नेदरल्यान्ड्स, डेनमार्क र चीन रहेका छन्।
संयुक्त राष्ट्र संघको विश्व बौद्धिक सम्पत्ति संगठनद्वारा पोर्चुलान्स इन्स्टिच्युटसँगको साझेदारीमा प्रकाशित ग्लोबल इनोभेसन इन्डेक्सले आफूलाई नीति निर्माता र व्यापारिक नेताहरूको लागि एक बेन्चमार्क स्रोत भन्छ।
45
Shares

प्रतिक्रिया