हङकङ अब्जर्भेटरीले आज (बुधबार) राति ९:२० बजे नम्बर १ आँधी चेतावनी संकेत जारी गर्ने भएको छ। नामकरण नभएको उष्णकटिबंधीय चक्रवात सहरबाट ८०० किलोमिटरको दूरीमा आइपुगेकोले चेतावनी संकेत जारी गर्न लागिएको अब्जर्भेटरीले जनाएको हो।
पूर्वानुमानकर्ताका अनुसार, उष्णकटिबंधीय चक्रवात हङकङको नजिक पुगेपछि मात्र स्थानीय मौसममा प्रभाव पार्नेछ। चक्रवातले शुक्रबार र सप्ताहन्तमा हावाहुरीसहित भारी वर्षा गराउनेछ।
आँधीको तीव्रताका आधार र स्थानीय हावाको अवस्थाका आधारमा बिहीबारदेखि शुक्रबारसम्म उच्च चेतावनी संकेत जारी हुन सक्ने पनि अब्जर्भेटरीले जनाएको छ।
105
Shares

प्रतिक्रिया