हङकङको लामा टापुमा चार दिनदेखि हराइरहेका एक पदयात्री सकुशल भेटिएका छन्।
छोटो व्यापारिक यात्राको लागि शनिबार मुख्यभूमि चीनबाट हङकङ आइपुगेका ५२ वर्षीय झेङ तो बुधबार बिहान माउन्ट स्टेनहाउसको फेदमा रहेको भिरमा सामान्य चोटपटक लागेको अवस्थामा फेला परेका हुन्।
शनिबार पदयात्राको लागि निस्केको केही घण्टापछि झेङले सहकर्मीहरूलाई आफू हराएको र फोनको ब्याट्री सकिनै लागेको बताएका थिए।
स्रोतलाई उद्धृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेअनुसार, उद्धारपछि ती पदयात्रीले बाटो खोज्ने क्रममा पहाडमा निरन्तर हिँडिरहेको प्रहरीलाई बताएका छन्।
पदयात्रामा निस्कनुअघि थोरै मात्रामा खाना र पानी बोकेका उनी ४ दिनसम्म भोकभोकै यात्रा गरिरहेका थिए।
दुवै खुट्टामा घाउ देखिएको उनलाई प्रारम्भिक उपचारका लागि टापुको एक क्लिनिकमा लगेपछि थप उपचारका लागि पोक फु लामस्थित क्विन मेरी अस्पताल लगिएको थियो।
Shares

प्रतिक्रिया