हङकङको क्वारी बेस्थित एक निर्माणस्थलमा युद्धकालीन बम फेला परेको छ।
प्रहरीले शुक्रबार दिउँसो १२ बजे क्वारी बेस्थित पानहोई स्ट्रिटमा रहेको निर्माणस्थलमा १.३ मिटर लामो शंकास्पद युद्धकालीन बम फेला परेको बताएको हो।
निर्माणस्थलमै शंकास्पद वस्तु फेला परेपछि झन्डै तीन सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार, भेटिएको शंकास्पद वस्तुको नियन्त्रण गर्न प्रहरीको डिस्पोजल ब्युरोको टोली घटनास्थल पुगेको थियो।
63
Shares

प्रतिक्रिया