हङकङ : करोडौँ डलरको आपराधिक रकम लुकाएको आरोपमा १८ जना पक्राउ

हङकङ : करोडौँ डलरको आपराधिक रकम लुकाएको आरोपमा १८ जना पक्राउ

गिरोहले ६ करोड ६० लाख हङकङ डलर लुकाएको प्रहरीको दाबी छ (सटरस्टक)


नेपालखबर
असोज ३, २०८२ शुक्रबार १८:३२, हङकङ

हङकङ प्रहरीले आपराधिक मुद्रा लुकाउने काममा लागेका १८ जनालाई सहरभरका होटलका कोठाहरूबाट पक्राउ गरिएको जनाएको छ। 

पक्राउ परेकामध्ये मुख्य सदस्यको रूपमा काम गर्ने चार जना र अरू १४ जना सहयोगी हुन्। उनीहरूलाई पछिल्लो दुई दिनमा पक्राउ गरिएको हो।

‘हाम्रो अनुसन्धानले देखाउँछ कि विगत आठ महिनामा ३० भन्दा बढी बैंक खातामार्फत ६ करोड ६० लाख हङकङ डलर लुकाइएको छ,’ हङकङ टापुको क्षेत्रीय अपराध एकाइका प्रमुख निरीक्षक मान चीले भने।

पक्राउ पर्नेहरू २९ देखि ६१ वर्ष उमेर समूहका १३ जना पुरुष र पाँच जना महिला हुन्। 

मुख्य सिन्डिकेट सदस्यहरूले गैरस्थानीय ठगीका घटनासँग सम्बन्धित रकमसहितको आम्दानी ह्यान्डल गर्न परम्परागत र भर्चुअल बैंकहरूसँग कठपुतली बैंक खाता खोल्न बासिन्दाहरूलाई सक्रिय रूपमा परिचालन गरेको प्रहरीको आरोप छ।

‘मुख्य सदस्यहरूले बैंक खाताधारीहरूलाई नगद झिक्न वा थप लेनदेन गर्न निर्देशन दिए र होटलका कोठाहरूलाई आफ्नो सञ्चालन केन्द्रको रूपमा प्रयोग गरे,’ प्रहरीको दाबी छ, ‘मुख्य सदस्यहरूले विभिन्न जिल्लामा होटलका कोठाहरू भाडामा लिएर गतिविधि सञ्चालन गरे।’ (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .