नेपालमा यतिखेर मौसम निकै खराब छ। गएरातिदेखि अविरल वर्षाका कारण दसैँका लागि गाउँ फर्केका यात्रुलाई कर्मथलो फर्कन निकै सकस पारेको छ।
यस्तै, यतिखेर हङकङको मौसम पनि अनुकूल छैन। गम्भीर उष्टकटिबन्धीय आँधी माट्मो सहरतर्फ निजिकिएपछि हङकङ अब्जर्भेटरीले शनिबार दिउँसो १२:२० बजेट टाइफुन चेतावनी संकेत नं. ३ जारी गरेको छ, जुन राति १० बजेसम्म कायम रहने बताइएको छ।
यसपछि आँधीको दूरी र स्थानीय हावाको अवस्थाका आधारमा उच्च चेतावनी संकेत जारी गरिन सकिने अब्जर्भेटरीले जनाएको छ।
साँझ ५ बजे आँधी हङकङबाट झन्डै ४३० किलोमिटर दक्षिणमा रहने पूर्वानुमानकर्ताको अनुमान छ। यो दक्षिण चीन सागरको उत्तरी भागमा २५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिम सर्ने र तीव्र हुँदै जाने अनुमान गरिएको छ।
केही दिनअघि मात्र पनि हङकङमा शक्तिशाली आँधीले ठूलो क्षति पुर्याएको थियो। यो वर्ष हङकङमा चेतावनी संकेत जारी गरिनुपर्ने गरी यो सहित १२औँ आँधी हो।
अब्जर्भेटरीले आँधीको मौसम अझै समाप्त नभएको बताएको छ।
Shares

प्रतिक्रिया