हङकङ आगलागीमा मृत्यु हुनेको संख्या १५१ पुग्यो

‘मापदण्ड विपरीतका जाली प्रयोग हुँदा विनाश बढी’
हङकङ आगलागीमा मृत्यु हुनेको संख्या १५१ पुग्यो

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १६:२४, हङकङ

हङकङ आगलागीमा मृत्यु हुने संख्या १५१ पुगेको छ। सोमबार थप पाँच शव फेला परेसँगै मृतक संख्या बढेको हो।

गएको बुधबार हङकङमा दशकौँपछि यति ठूलो विनाशकारी आगलागी भएको थियो। सहरमा सात दशकअघि पनि यस्तै ठूलो आगलागी हुँदा ४१ जनाको ज्यान गएको समाचारहरू आइरहेका छन्।

बुधबारको विनाश भने त्यो भन्दा अझ धेरै ठूलो हुन पुग्यो। १५१ जनाको मृत्यु पुष्टि भइसकेको छ भने खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान अधिकारीहरूको छ।

ठूलो विनाशपछि हङकङ शोकमा छ। शनिबारदेखि सोमबारसम्म तीन दिने सहरव्यापी शोक घोषणा गरिएको छ भने सरकारी भवनहरूमा राष्ट्रिय र हङकङको झन्डा आधा झुकाइएको छ।

सोमबार घटनाको पछिल्लो विवरण सार्वजनिक गर्दै मुख्य सचिव एरिक चानले निर्माण कार्यमा ‘धुर्त विधिहरू’ प्रयोग गरिँदा यति ठूलो विनाश निम्तिएको बताए। उनका अनुसार वाङफुक कोर्टबाट लिइएका २० सुरक्षात्मक जाली नमुनामध्ये सात आगो निरोधक मापदण्डमा असफल भएका छन्।

यहाँका आठ ब्लकमा गतवर्षको जुलाईदेखि मर्मतसम्भार भइरहेको थियो। जहाँ बाँसको स्काफोल्डिङलाई हरियो जालीले ढाकिएको थियो। यिनै जालीमध्ये २० वटाको परीक्षणमा सात वटा मापदण्ड विपरीत देखिएका हुन्।

प्रारम्भिक अनुसन्धानले पत्ता लगाएअनुसार, जुलाईमा आँधीबेहरीले क्षति पुर्‍याएपछि स्काफोल्डिङ बाहिरका केही जाली सस्तो, गैर-आगो प्रतिरोधी सामग्रीले प्रतिस्थापन गरिएको भेटिएको छ।

मुख्य सचिव एरिक चान यही कार्यलाई ‘धुर्त विधि’को संज्ञा दिँदै दुवैथरि जालीको मिश्रण गरिएको बताएका हुन्। चानले प्रेस ब्रिफिङमा बताएका छन् कि यस्ता मापदण्ड विपरीतका जाली प्राय: अप्ठ्यारा ठाउँमा प्रयोग गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .