हङकङ आगलागी : १३ जना गिरफ्तार

हङकङ आगलागी : १३ जना गिरफ्तार

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार ५:५३, काठमाडौँ

हङकङको वाङ फुक कोर्टमा आगलागी हुनुमा लापरबाही गरेको आरोप लगाउँदै प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ।

सोमबार स्थानीय अधिकारीहरूले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। 

प्रहरीका घटनाको विस्तृत अनुसन्धान अझै जारी छ र आवश्यक परे थप व्यक्ति पक्राउ गर्न सकिने सम्भावना छ।

आगो लागेका भवनबाट संकलित २० वटा निर्माण जालीका नमुनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पूरा नगरेको पुष्टि भएको अधिकारीहरूले बताएका छन्।

यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष आएको छ।

गत बुधबार हङकङमा भएको आगलागीमा परेर १५१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने घटनास्थलमा खोजी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .